|

बैतडी : लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।

राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेकमा सडक भासिएको हो। सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। 

आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले बताए। 

उनले भने,‘पर्खाल लगाउने काम सम्पन्न हुन दुई तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।’

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सय बढी सवारी साधन ठप्प रहेका छन् । सवारी साधन ठप्प हुँदा यात्रुहरु पनि अलपत्र परेका छन् ।  

वर्षातको समयमा पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.