|

काठमाडौं : प्रहरीले काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने कार्यमा संलग्न भएको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा सुलिकोट गाउँपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया मुना, प्रिती आले मगर र झापा गौरादह नगरपालिका–५ घर भई नागार्जुन नगरपालिका–४ बस्ने ४२ वर्षीया बीना लिम्बु भन्ने ज्योती पोमुलाई पक्राउ गरेको हो।

एक युवतीले जर्वजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.