|

काठमाडौं : सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी  प्राडा. जागेश्वर गौतमलाई हटाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै  डा गौतमलाई हटाएको बताइएको छ। उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको छ।

प्राडा. गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। उनलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

डा गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।

यस्तै ,मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा विवेक लाल कर्णलाई नियुक्ति दिएको छ। विवेकको कार्यरत स्थान सार्क क्षयरोग केन्द्रमा भने फाजिलमा रहेकी रिता भण्डारी जोशीलाई पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.