|

हेटौंडा : दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाविरुद्ध हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले बृहत र्‍याली निकालेको छ।

विरोध कार्यक्रममा उनीहरूले 'जयसिंह धामीलाई न्याय देऊ', 'भारतीय ज्यादती सहिँदैन,' लगायत नारा लगाएका थिए।

'उनीहरूले लिपुलेक र लिम्पियाधुरा नेपालको हो' भन्दै एमसिसी र संसदीय व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका धामीलाई सहिद घोषणा गर्न समेत माग गरेका छन्।

सरकारले आफ्नो सत्ता जोगाउन मात्रै ध्यान दिएको भन्दै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (विप्लव)का नेताहरूले जनताको जीवन रक्षा गर्न गम्भीर नबनेको आरोप लगाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.