|

बझाङ : सेती नदीबाट वर्षा पम्पको सहयोगले थलारा गाउँपालिका-९ खानी गाउँमा सिँचाइ सुविधा पुर्‍याइएको छ। युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा पम्प जडान गरिएको हो।

तरकारी खेतीलाई लक्षित गर्दै सिर्जना परियोजनाका ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँभन्दा तल रहेको सेती नदीको पानी माथि गाउँमा ल्याइएको हो। गाउँमा सिँचाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन्।

पानी पाएपछि स्थानीय हर्षित भएका छन्। तरकारी राम्रो उत्पादन हुने भएको भए पनि सिँचाइ सुविधा नहुँदा व्यावसायिक तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताए।

उनले भने, 'वर्षा पम्पबाट गाउँमा पानी पुगेपछि तरकारी बालीमा सिँचाइ गर्न सहज हुने भएको छ।  गाउँमा पानी पुगेपछि खुसी लागेको छ।' अर्का स्थानीइ अमर सुनारले गाउँमा सिँचाइका लागि पानी पुगेसँगै वर्षौंदेखिको गाउँलेको तरकारी खेती गर्ने धोको पूरा भएको बताए।

यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो। नेदरल्याण्डमा बस्ने एक जना नेपालीले ल्याएका हुन्। यसलाई पानीको सहमा राखिन्छ। यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ।

यो मेसिनबाट २० मिटर भर्टिकल उचाइसम्म र २ किलोमिटर होरिजेन्टलसम्म पानी पठाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.