काठमाडौं : एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा निर्वाचित भएकी छन्। खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर अध्यक्षमा निवार्चित भएकी हुन्। उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए। अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हराएकी हुन्।
यस अघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिइन्।
उनको प्यानलका एक सदस्यबाहेक सबै विजयी भएका छन् ।निवार्चनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ।
धिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए। यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।