|

काठमाडौं : महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्याको घटनामा प्रहरीले उनका बाबुसहित थप तीनजनालाई पक्राउ गरेको छ।

सुजिताका बुबा पिपरा गाउँपालिका–६ का ५० वर्षीय कामेश्वर पाण्डेले घटना लुकाउन बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कामेश्वरसहित भंगहा नगरपालिका–१ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर–२४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद)लाई सार्वजनिक गरेको हो।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानका क्रममा बाबुसहित दोषी देखिएकाले तीनजनालाई विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकी अञ्जु सुजिताको हत्या गर्ने मुख्य अभियुक्त देवर रुपेश ठाकुरको दिदी हुन्।

‘कामेश्वरले छोरी सुजितालाई मार्न पटक–पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडियो रेकर्डबाट देखिएको छ’ विष्टले भने,‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ।’

रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए। तर उनले पनि घटना लुकाउन भूमिका खेलेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार पक्राउ परेका मण्डल सुजिताको शव व्यवस्थापन कार्यमा संलग्न थिए। सुजिताको शव गाडेको झण्डै एक महिनापछि असार २७ गते प्रहरीले निकालेको थियो। सुजिता हत्या गरेको आरोपमा परिवारले देवर रुपेश ठाकुर, ससुरा पतिराम ठाकुरसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।

याे पनि 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.