|

अर्घाखाँची : लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा एमालेमै रहेको जनाएकी छन्। दाङ निर्वाचन क्षेत्र  नम्बर ३ (ख) बाट निर्वाचित वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी हुन्।

विज्ञप्तिमा लेखेकी छन्, 'नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा हामी सँगै थियौं तर, अहिले पार्टी अलगअलग भएको छ। निर्वाचित हुँदा नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएको थिएँ, त्यसकारण म अहिले पनि एमाले नै हुँ, भोलि पनि एमालेमै रहनेछु।'

उनले केही समय अगाडि स्वास्थ्यमा समस्या आएपछि  सामाजिक संजालमा र विभिन्न संचारमाध्यममा आएका विभिन्न खाले टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन्। ओलीले एमालेमै रहेको बताए लगत्तै लुम्बिनी प्रदेश सरकारमा विपक्षी गठबन्धनको संख्या घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.