|

गुल्मी : सदरमुकाम तम्घासमा निर्माणाधिन भवनको छतबाट खसेर सोमबार एक मजदुरको ज्यान गएको छ।

सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा निर्माणाधिन बसपार्कको भवनबाट खसेर धुर्कोट गाउँपालिका–७ वाग्लाका ३५ वर्षीया गोविन्द घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार लामो समयदेखि सदरमुकाम तम्घासमा ज्याला मजदुरी गर्दै आएका घिमिरे सोमबार दिउँसो भवनको भुँई तल्लामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानको क्रममा भवनको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.