|

पर्सा : दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनमा अड्केको पाइपलाइन इन्फेक्सन गेज (पिग) निकालिएको छ।

भारतबाट जमिन मुनिबाटै नेपालमा पेट्रोलियम पदार्थ डिजेल ल्याउने पाइपमा अड्केको पिग निकालिएको हो। नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्जको ६९ किलोमिटर लामो दूरीको नेपाल तर्फको परवानीपुर बजार उत्तरतर्फ एनआरवी भल्भमा पिग अड्केको थियो। हरेक ६ महिनामा पाइप सफाइ हुन्छ।

सोही क्रममा यो पटक भने पिग अड्केको नेपाल आयल निगम २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका सहायक प्रवन्धक तथा कन्ट्रोल रुमको अप्रेसन शाखाका चिन्तन कोइरालाले बताए। बन्द हड्ताल तथा अन्य कारणले कुनै अवरोध नहुने लक्ष्यसहित जमिन मुनिबाट डिजेल ल्याउँदै गरेको पाइपमा अड्किएको पिग ननिकाली तेल ल्याउन र पुनः सफाइ गर्न समेत अवरोध हुने भएपछि यो हटाउनै पर्ने बाध्यता निगमलाई आइपरेको उनको भनाइ छ।

ती पिगका टुक्रा काम सुरु गरेको करिब १२ दिनपछि निकाल्न सफल भएको कार्यस्थलमा खटेका प्राविधिकहरुले बताए। पाइपभित्र नै अड्केको पिग निकाल्दा दैनिक तेल आउने क्रमलाई भने रोक्नु परेन।

त्यहि छेउमा अर्को उस्तै पाइपबाट वाइपास पाइप जडान गरी मेन पाइपमा कनेक्सन गरेपछि दुवै काममा अवरोध नपुगेको सहायक प्रवन्धक कोइरालाले बताए। ‘तेल आउने कार्यलाई पनि चालु नै राखियो अड्केको पिगलाई पनि निकाल्न सफल भइयो’ उनले भेन,‘वाइपास लाइनबाट पुनः मेन लाइनमा रिकनेक्ट पनि गरिसक्यौं।’

नेपाल भारत दुवै देशका सरकार बीच आपसी सम्झौता भई २०७४ पुस २५ गतेदेखि माटोको भू­-वनोट परीक्षण गरी २०७५ बैशाख ६ गतेबाट नेपालतर्फ पाइप गाड्न थालिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.