|

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसिया समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको अध्यक्षतामा बसेको एसिया समितिले एसियाका विभिन्न देशहरूबाट सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

एसिया समितिको सल्लाहकारहरूमा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मा  (नेपाल), समालोचक डा. नेत्र एटम (नेपाल), संगीतकार सुष्मा ओमाता (जापान), साहित्यकार प्रा.डा. कविता लामा (सिक्किम, भारत), साहित्यकार मुक्ति बराल (सिलगढी, भारत), साहित्यकार तीर्थ सङ्गम राई (कतार) र अनेसास एसिया समितिका निवर्तमान संयोजक नीशा अर्याल रहेका छन्‌।

अनेसासले क्षेत्रीय स्तरमा गठन गरेको अनेसास एसिया समितिले क्षेत्रीय स्तरमा कोरिया र भारतको दार्जिलिङमा पहिलो र दोस्रो एसिया स्तरीय नेपाली साहित्य सम्मेलनहरू सम्पन्न गरिसकेको छ। 

यसैगरी, कोरोनाको कारण वर्तमान विषम परिस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रमहरूको पनि आयोजना गर्दै आएको छ।

साथै, कोरिया सम्मेलनको स्मारिका प्रकाशन गरिसकेको छ भने दार्जिलिङ सम्मेलनको स्मारिका प्रकाशन गर्ने तयारी पनि गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.