|

काठमाडौं : नेपालको मिडिया क्षेत्रमा देखिइरहेका परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ आयोजना गर्ने भएको छ।

मिडियाका विविध स्वरुप र विधालाई समेटेर 'नेपाल मिडिया अवार्ड २०७८’ नाममा निकट भविष्यमै कार्यक्रम गर्न लागिएको संस्थाले जानकारी दिएको छ।

रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड 'सेलिब्रेटिङ्ग विथ चेन्जमेकर्स’ थिमका साथ कार्यक्रम हुन लागेको आयोजक ड्रिमहाई नेपालका अध्यक्ष कमल जिसीले बताए।

सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ।

यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ।

नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलोपटक अवार्ड हुन लागेको हो। सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यश अघि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम 'अनमोल इभ’ र हालसालै फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक संघले गर्दै आएको 'नेफ्टा’ अवार्ड आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.