|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो हस्पिटललाई ताइवानको चु जी फाउण्डेसनले ४६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

फाउण्डेसनका नेपाल प्रतिनिधि मुकुन्द विष्टले एक्सरे, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार  अस्पताललाई हस्तान्तरण गरेका छन्। ती सामग्रीले कोरोना महामारीसँग लड्न सहयोग पुग्ने बताए।

तुलसीपुर–८ अश्वारामा रहेको भीमसेन शहरी स्वास्थ्य प्रवर्द्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले सञ्चालन गर्दै आएको छ। अक्सिजनसहित ५० शय्या अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिँदै आएको छ। ७५३ स्थानीय तहमध्ये आफ्नै लगानीमा हस्पिटल सञ्चालन गर्ने तुलसीपुर उपमहानगरपालिका पहिलो हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.