|

भोजपुर : मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका ३१ वर्षीय सुवास विश्वकर्मालाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए। विश्वकर्मालाई कैद भुक्तानको लागि आइतबार कारगार  चलान गरिएको प्रहरीले जनाएको छ ।

२०६९ सालमा सडक कामदारलाई वितरण गर्न निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको कामदारको आठ लाख ५१ हजार ५०० रूपैयाँ भोजपुर नगरपालिका–२ हेलौंछाको जंगलबाट लुटेर विश्वकर्मा फरार भएका थिए।

जिल्ला अदालत भोजपुरले रकम लुटेको कसुरमा २०७३ सालमा विश्वकर्मालाई ६ वर्ष कैद र १२ लाख ७७ हजार २५० रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.