|

काठमाडौं : नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा छानबिन थालिएको छ।

प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको हो। साउन १६ गते शनिबार प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो।

परीक्षामा जवान देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका करिब साढे दुई हजार परीक्षार्थी सहभागी थिए। प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

कुँवरले भने,‘भित्र र बाहिर दुबैतिरबाट प्रश्न पात्र आउट भएको गुनासो आएपछि शङ्काको आधारमा छानबिन हुँदै छ’ कुँवरले भने। प्रहरी प्रधान कार्यालयको युएन शाखाले परीक्षाको संयोजन गरेको थियो।

युएनको अनपोल मिसनमा जानका लागि प्रि–स्याटमा पास भएका कर्मचारीले पुनःस्याटको परीक्षा उत्तीर्ण गर्नुपर्छ। प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि अर्को प्रश्नपत्र तयार गरेर डेढ घण्टा ढिलो जाँच लिइएको थियो। जुन शाखाका कर्मचारीले प्रश्नपत्र बनाएर परीक्षा लिए सोही शाखालाई छानबिनको जिम्मा दिएइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.