|

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूतले बताएका छन्‌।

संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन्‌।

उनले भनेका छन्‌, ‘हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसंघीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ।’

हाल भारत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ। अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका छन्‌। 

तर हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको छ, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न शहरमा उनीहरूले आक्रमण गरेको समाचार आइरहेका छन्। 
 
राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको पनि उल्लेख गरे।

हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भीडन्त

उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ। 

अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक शहर लस्कर गाहमा तालिबानीले कडा रूपमा प्रतिवाद गरिरहेको बताइएको छ।

सोमबार प्राप्त भएको समाचारमा उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशन नै कब्जामा लिएका बताइएको छ।

यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार यहाँका ग्रामीण क्षेत्रका कैयौँ मानिसले कतिपय गाउँका खाली भवन तथा कार्यालयमा शरण लिएर बसेका छन्।

केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठूलो संख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ।

यसअघि सो क्षेत्रमा अमेरिकी सेना करिब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालैमात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिँदै आएको थियो। 

केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्ररूपमा आक्रमण गरेर कैयौँ भू–भाग कब्जा गर्ने प्रयास गरिरहेका छन्। उनीहरूले केही स्थान त कब्जामा लिइसककेको पनि बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.