भारतसँग औपचारिक विरोध जनाउन एमालेको माग

|

काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा एक नेपाली युवाको मृत्युबारे गृहमन्त्री बालकृष्ण खाँणले सरकारी टोलीले अध्ययन गरिरहेको बताएका छन्। मन्त्री खाँणको जवाफ पर्याप्त नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले भने भारतसँग औपचारिक रुपमा नै बिरोध जनाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, 'मालघाटबाट दार्चुला सदरमुकाम जान झण्डै दिनभरी हिँड्नुपर्छ। तर, तुइन चढेपछि भारतको धार्चुला हुँदै डेढ घण्टमा पुग्न सकिन्छ। जयसिंह धामीलगायतका टोली त्यहीँबाट जाँदै थियो। उनी बेपत्ता भएकोबारे सरकारी टोलीले अध्ययन गरिरहेको छ।' 

दार्चुलामा पुल निर्माणको लागि सरकार प्रतिबद्ध भएको बताएका छन्। 

उनले भने, जयसिंह धामीसँग जाने साथीहरुसँग सोधपुछ भइरहेका छ। ९ वटा प्रहरी बल, सशस्त्र प्रहरीलगायत अन्य क्षेत्रबाट समेत खोज्ने काम भइरहेको छ। 

त्यसो त आइतबारको राष्टिय सभाको बैठकमा पनि गृहमन्त्री खाँणले दार्चुला घटनाबारे खुलेर बोलेनन्। उनले सो घटनाबारे छानविन भइरहेको र सरकारी टोली अध्ययनको लागि घटनास्थल गएको भएकाले १० दिनमा प्रतिवेदन बुझाउने बताए। 

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर एमालेले सदनमा सरकारको जवाफ माग गरेको छ। 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेश ठगुन्नाले घटनाका सम्बन्धमा भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाएका छन्। सांसद ठगुन्नाले भने, 'दार्चुला घटना सम्बन्धमा संसदीय छानबिन गरियोस्, भारतसँग औपचारिक विरोध गरियोस्।' 

घटनाका दोषीलाई कारबाही गर्न व्यापक विरोध भइरहेको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। 

समितिमा गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.