|

काठमाडौं : बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ का ६२ वर्षीय ठाकुर प्रताप थापालाई पक्राउ गरेको हो।

खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी झुक्याएर उनले देव विकास बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको अदालतले ठहर गरेको थियो। अदालतले २०७६ भदौ ३ गते ३९ लाख ९६ हजार चार जरिवानाको फैसला सुनाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.