|

काठमाडौं : सांसद देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली किन गठन नगरेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार संघीय संसदमा बाेल्दै सत्ताधारी दलका सांसद कँडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, 'सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बताउनुपर्थ्याे। भारतले नै खोजी गरेको छ भनिएको छ। भारतले नै आफैँ दोषी भनेर भन्ला?' 

महाकालीमा तुइन तर्ने बेला दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर गत शुक्रबार बेपत्ता भएका थिए। दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि धामी बेपत्ता भएकाे प्रत्यक्षदर्सीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.