|

अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकुबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।

त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ। सुरक्षाबल र तालिबान लडाकुबीच ६ दिनसम्म भिडन्त जारी  छ।  

भिडन्तपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहर र अन्य शहर पुनः कब्जामा लिएका छन्। सुरक्षाबलले तालिबान लडाकुबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

गत बिहीबारबाट तालिबान लडाकुले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए। अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाइलाई तीव्र बनाएको छ र तालिबान लडाकुले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.