|

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको पाँच म्याचको टेष्ट सिरिज बुधबारबाट सुरु हुँदै छ। यी दुई टोलीबीचको पहिलो टेष्ट म्याच दिउँसो पाैने ४ बजेदेखि ट्रेन्ट ब्रिजमा हुनेछ।

पहिलो टेष्ट म्याचमा सबैको नजर भारतीय कप्तान विराट कोहलीमा हुनेछ। किनकि उनले केही समयदेखि भारत बाहिर टेष्टमा रन बनाउन सकेका छैनन्। सन् २०१९ देखि अहिलेसम्म विराटले भारतमा कुल ९ टेष्ट म्याच खेलेका छन्।

उनले ६२.५० को औसतमा ६ सय २५ रन बनाएका छन्।

जसमा दुई शतक पनि समावेश छन्।। यस अवधिमा विराटले विदेशी भूमिमा ७ टेष्ट म्याचमा ३ सय ३२ रन बनाएका छन्। उनको औसत २५.५३ थियो। जसमा एक शतक पनि समावेश छैन।

यो तथ्यांक हेर्दा विराट विदेशी भूमिमा रन बनाउन संघर्ष गरिरहेका छन्। विराटले आफ्नो अन्तिम टेष्ट शतक २०१९ मा बंगलादेशविरुद्ध कोलकातामा भएको डे–नाइट टेष्टमा बनाएका थिए।

त्यस यतादेखि विराटको ब्याटबाट शतक निस्केको छैन। सन् २००९ देखि अन्तर्राष्ट्रिय खेलेका कोहलीले अहिलेसम्म ७० शतक बनाइसकेका छन्।

ट्रेन्ट ब्रिजमा इंग्ल्याण्डविरुद्ध शतकीय पारी खेल्दै विराट शतक खडेरी तोड्न चाहन्छन्। उनले पहिलो टेष्ट म्याचमा शतक बनाए आफ्नो नाममा ठूलो विश्वकीर्तिमान लेखाउने छन्।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको रूपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यान बन्नेछन्। र, रिकी पोन्टिङको कीर्तिमान तोड्नेछन्।

शतक बनाएका खण्डमा कोहलीले कप्तानको रूपमा ४२औं शतक बनाउनेछन्। कप्तानको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा पोन्टिङ र कोहलीले समान ४१–४१ शतक बनाएका छन्। कोहलीले ४२औं शतक प्रहार गर्नेबित्तिकै इतिहास रच्नेछन्।

कप्तानको रुपमा उनीकै नाममा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान कायम हुनेछ। यसबाहेक कोहलीसँग सन् २००७ पछि इंग्ल्याण्डको भूमिमा टेष्ट सिरिज जित्ने सबैभन्दा राम्रो मौका पनि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.