उपत्यकामा मात्रै भेटिए ९ सय ४ संक्रमित

|

काठमाडौं : देशभर थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ हजार ७ सय १८ जनामा कोरोना परीक्षण गरिएको थियो। 

पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९ सय ९४ जना  संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

काठमाडौं उपत्यकाभित्र ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ६ सय १९, भक्तपुरमा एक सय १४ र ललितपुर जिल्लामा एक सय ७७ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.