|

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। 

अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोशन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि छन्। 

सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेका प्रहरी नायव उपरीक्षक थापाले बताए।

उनीहरूको साथबाट साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामानसमेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका ६ जनालाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए।

उनीहरूले साउनमा सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान र सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्ज कार्ड चोरी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.