|

काठमाडाैं : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएका छन्।

मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो।

क्रियाशील सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सीधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टिसमेत व्यक्त गरेको छ।

व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए। उनले भने, ‘जे संविधानले गरेको आधारभूत, संरचनागत सिद्धान्त हो। तदनुरुप क्रियाशील सदस्यता टुंगो लगाउनुपर्छ। जहाँ जहाँ विवाद भएका छन्, तिनीहरूलाई १३ औँ महाधिवेशनकै क्रियाशीलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो। विधिवत् ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौँ। त्यसमा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेरौँ। एउटा विधि, पद्धति र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसले एउटा बाटो निर्माण गर्छ। पार्टीलाई विधिसम्मत् बनाऔँ। पार्टीलाई नीतिमुखी बनाऔँ नेतामुखी होइन। पार्टीलाई विचारमुखी बनाऔँ व्यक्तिमुखी होइन।’

उनले क्रियाशील सदस्य वडाबाट नभई आकाश र पतालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.