|

काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउदले लामो समयदेखि क्यान्सरजस्तै बनेको आरक्षपीडित समस्याका समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन्। 

भने, हामीले गर्छाैं भनेर पहिले पनि भनेका छौं। भोलि पनि हामीले नै गर्नुपर्ने हो। तर, एमालेको बहकाइमा हामीले आउनुपर्ने छैन। साढे तीन वर्षसम्म झिँगा नमार्नेहरूले अब आरक्षको समस्या समाधान गर्ला? केन्द्रमा सरकार बदलिसकेपछि विभिन्न प्रलोभनहरू देखाएर बहकाउने काम गरिरहेका छन्। त्यस्ता हल्लाको पछि नलाग्नु होला।'

कसैले १० कठ्ठा दिने र कसैले ६० लाख रुपैयाँ दिने प्रलोभन देखाएको भन्ने सुनेको उल्लेख गर्दै उनले त्यस्ता भ्रमको भण्डाफोर गर्न पनि कार्यकर्तालाई निर्देशन दिए 

उनले भने, साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन्। यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरूले गाउँ गाउँसम्म लैजानुपर्छ।' 

एमालेले नागरिकहरूलाई विभिन्न अपेक्षा देखाएर आरक्षपीडितहरूलाई धोका दिएको आरोपसमेत लगाए। आरक्षपीडितका समस्या समाधान गर्छाैं भनेर एमालले जनतालाई धोका दिएका उनको भनाइ छ। भने, 'साढे तीन वर्षभन्दा बढी सरकार चलाउँदा केही गर्न नसक्ने। आरक्षपीडितहरूलाई कसरी व्यवस्थित गर्नुपर्ने हो, त्यसका लागि हामी व्यवस्था गर्छाैं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.