ड्युटीमा खटिएका प्रहरी निलम्बित

|

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवामा रहेका पल्टु रविदास झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा दुई प्रहरीलाई कारबाही गरिएको छ। 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने सेन्ट्री बसेका प्रहरी जवानलाई निलम्बन गरिएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटना छानबिनका लागि डिएसपीलाई जिल्ला तानेको र सेन्ट्री बसेका प्रहरीलाई निलम्बन गरिएको बताए।

उनका अनुसार घटनामा दोषी ठहर नभएपछि प्रहरीको निलम्बन फुकुवा हुनेछ। घटनाको छानबिन चलिरहेकाले प्रभावित नहोस् भनेर डिएसपी मिश्रलाई प्रदेशमा तानिएको छ।

लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय थुनुवा रविदास साउन १५ गते बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि पीडित परिवार, दलित अधिकारकर्मीहरू र लक्ष्मीनियाँबासी घटनाको छानबिन र क्षतिपूर्ति माग्दै आन्दोलन गरिँदै आएको थियो।

आज मात्रै जिल्ला प्रशासन कार्यालय धनुषामा पीडित परिवार र प्रशासनबीच दुईबुँदे सम्झौता भएको छ। राहतका लागि सरकारलाई सिफारिस पठाउने र उच्चस्तरीय छानबिन गरिने सम्झौतापछि पीडित परिवार शव बुझ्न सहमत भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.