|

योगमाया भन्‍नेबित्तिकै नेपालको पहिलो समाज सुधारक महिलाको रूपमा चिनिन्छ। यसरी भोजपुर जिल्लाको साबिक नेपालेडाँडा गाविस हालको षडानन्द नगरपालिका-१ सिम्लेमा जन्मिएकी योगमाया न्यौपाने वास्तवमै नेपालको मात्र नभएर विश्वभरका महिलाहरूको प्रेरणाको एउटा स्रोत पनि हुन्।

योगमाया उनी यस्तो व्यक्ति हुन् उनले आफ्ना अनुयायीहरूलाई आफूले भनेको कामका लागि जीवनको आहुती दिन पनि तयार बनाएको सत्य घटना हामीले थाहा पाएको र यसको बारेमा धेरै चर्चा परिचर्चा हुने गरेको छ। 

साल्पासिलिछो गाउँपालिका–१ साबिक कुलुङ गाविस वडा नं. १ गौडेनीमा रहेको योगमाया तपस्यास्थलमा अहिले योगमाया स्मृति प्रतिष्ठानको नाममा विभिन्न प्रकारका धार्मिक तथा पर्यटकीय संरचनाहरू निर्माण गर्ने काम भइरहेको छ।

यसरी हेर्दा उनी नेपाली क्रान्ति तथा नेपालको राज्य सञ्चालन तथा समाजवादी तथा साम्यवादी अर्थ व्यवस्थाको लागिसमेत योगमाया योग्य रहेकी थिइन् भन्नेमा कसैको विमति छैन।

योगमाया यस्तो व्यक्ति हुन् उनले आफूसँगै वि.सं. १९६८ सालमा ६८ जना अनुयायीहरूलाई सँगै साथमा लिएर जल समाधि गरेकी थिइन्। त्यो पनि कुनै षडानन्द नगरपालिका वडा नं. १ मझुवावेसीबाट। यसरी कुनै पनि दार्शनिकले आफूसँगै यतिका संख्यामा जल समाधि गराएको कमै मात्र हामी उदाहरण पाउने गर्दछौं।

समाज सुधारक योगमाया

नेपालको पहिलो समाज सुधारकको रूपमा चिनिएको योगमाया न्यौपानेको अहिले विभिन्न सञ्‍चारमाध्यम तथा सामाजिक क्षेत्रमा चर्चा भइरहेको छ। यसको साथै योगमायाको सम्मानको नेपाल सरकारले योगमाया महिला सशक्तीकणका कार्यक्रम नै सञ्चालन गर्ने गरेका छ।

यसका साथै योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपीठहरू स्थापना गर्ने काम भइरहेको छ। यसका साथै योगमायाको नाममा नेपाल सरकारले हुलाक टिकटसमेत जारी गरेको छ।

साल्पासिलिछो गाउँपालिका–१ साबिक कुलुङ गाविस वडा नं. १ गौडेनीमा रहेको योगमाया तपस्यास्थलमा अहिले योगमाया स्मृति प्रतिष्ठानको नाममा विभिन्न प्रकारका धार्मिक तथा पर्यटकीय संरचनाहरू निर्माण गर्ने काम भइरहेको छ।

नेपाल सरकार तथा दातृ निकायहरूको सहयोग एवं विभिन्न व्यक्तिहरूका आर्थिक सहयोगमा यो भनेको योगमाया प्रतिको सच्चा सद्भाव पनि हो। योगमाया स्मृति प्रतिष्ठान गौडेनी भोजपुर नेपालको नेतृत्वमा विभिन्न कामहरू भइरहेको छ।

योगमाया स्मृति प्रतिष्ठान अहिले नेपालको ‘क’ वर्गका गैर सरकारी संस्था हो। जुन संस्थाले बेला बेलामा नेपाल सरकार तथा स्थानीय सरकारबाट सम्मानितसमेत हुने गरेको छ।

यसरी योगमाया स्मृति प्रतिष्ठान रहेको साल्पासिलिछो गाउपालिका गौडेनी क्षेत्रमा अहिले पनि २०० रोपनीभन्दा बढी जग्गा योगमाया प्रतिष्ठानको नाममा रहेको छ।यो जमिन साबिक कुलुङ गाविसका बस्नेत परिवारबाट योगमायालाई तपस्या गर्नका लागि दान दिइएको इतिहासमा हामी पाउछौं।

यसका साथै योगमायाको नाममा भोजपुर जिल्लाको विभिन्‍न स्थानलगायत देश विदेशमा समेत योगमायाको सम्मानका विभिन्‍न प्रतिष्ठान तथा अध्ययन केन्द्र तथा शक्तिपीठहरू स्थापना भएका छन्। यसका साथै डा. गोविन्दमान सिंह कार्कीले योगमायाको नाममा पुस्तक प्रकाशन गर्नुभयो।

पछिल्लो समय लेखिका निलम कार्की निहारिकाले योगमायाको जीवनीमा आधारित रही ऐतिहासिक पृष्ठभूमिको योगमाया उपन्याससमेत प्रकाशन भइसकेको छ। यो भनेको योगमायाको बारेमा भएको एक प्रकारको सम्मान नै हो। यसरी सबै प्रकारबाट अध्ययन गर्दा योगमाया भनेको एक सच्चा समाज सुधारक हुन्।

योगमाया प्रतिष्ठान

साबिक कुलुङ गाउँविकास समिति वडा नं. १ मा केन्द्रीय कार्यालय रहने गरी योगमायाको सम्मानमा योगमाया स्मृति प्रतिष्ठानको स्थापना गरिएको छ। जसको संस्थापक अध्यक्षमा मोहन बस्नेत सदस्यहरूमा कृष्णबहादुर श्रेष्ठ, नेगराज श्रेष्ठलगायत छन्।

उनीहरूको नै अथक प्रयासस्वरूप अहिले योगमाया स्मृति प्रतिष्ठान नेपालको उच्च कोटीको प्रतिष्ठानमा दर्ज भएको छ। यो भनेको नेपालको आर्थिक विकासको लागि एउटा पर्यटकीय क्षेत्रको रूपमा समेत विकास भएको छ।

यसका साथै योगमाया स्मृति प्रतिष्ठान क्षेत्रमा आउने जो सुकै व्यक्तिले पनि यस्तो महसुस गर्न सक्छन् कि वास्तविक तपोभूमि भनेको त? गौडेनी पो रहेछ। यो क्षेत्र भनेको एक पवित्र भूमि हो भनेर जोसुकैले पनि भन्‍न सक्‍ने गरी प्रतिष्ठानले आफ्ना संरचनाहरू विस्तार गर्दै लगेको छ।

यसरी अहिले योगमाया प्रतिष्ठान साल्पासिलिछो गाउँपालिकाको प्रवेशद्वारमा रहेको हुँदा सो क्षेत्रमा प्रवेश गर्नका लागि इर्खुवा खोलामा पुलसमेत निर्माण भइसकेको छ। यसले योगमाया प्रतिष्ठानमा प्रवेश गर्न सहज त हुने नै छ।

यसका साथै योगमाया प्रतिष्ठानमा पुग्ने जोसुकै व्यक्तिले त्यस पवित्र भूमिमा पुग्दा हिन्दुधर्मको आस्थाको धरोहर पशुपति क्षेत्रमा प्रवेश गरेसरह हुने नेपालको एक मात्र स्वामी शंकराचार्य हेमानन्द गिरीले यसको व्याख्या गर्नुभएको छ। 

योगमाया आयुर्वेदिक विश्वविद्यालय र यसै ठाउँमा रहेको योगमाया स्मृति प्रतिष्ठानलाई समेत सँगसँगै जोडेर अगाडि बढाउन सकिएको खण्डमा झन् उचित हुने देखिन्छ।

यसरी हेर्दा योगमाया प्रतिष्ठानस्थल तपस्वीहरूको भूमि मात्र नभएर एक पवित्र भूमि पनि हो भन्न सकिन्छ। यसरी हेर्दा भारतको काशीसँग तुलना गरी उत्तर काशी भनेरे चिनिने षडानन्न नगरपालिका-१ मझुवावेसी (कोटिहोम)लाई समेत समेटेर योगमाया प्रतिष्ठानले सो क्षेत्रमा योगमाया शक्तिपीठको भवनको परिकल्पना गर्दै एक भवन निर्माण गरिरहेको छ।

योगमाया आर्युवेद विश्वविद्यालय

योगमाया एक समाजसुधारक मात्र नभएर शिक्षाको लागिसमेत प्रेरणाको खानी हुन्। यसरी उनले महिला अधिकार तथा महिला शिक्षाको बारेमा आवाज उठाउँदा उनलाई तत्कालीन सरकारले केही समय नजरबन्दमा समेत राखेको थियो। त्यसरी समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील रहेकी थिइन्।

योगमाया त्यस बेलाको धामीसमेत रेहेको केही व्यक्तिहरूले बताउने गरेको र उनले आयुर्वेदिक औषधिहरू प्रयोग गरेर विभिन्‍न प्रकारका उपचारहरू गर्ने गरेको पाइन्छ। यो भनेको योगमाया बहुआयमिक क्षमताका धनी भएको पुष्टि हुन्छ।

यतिबेला उनै योगमायाको सम्मान र उनको प्रतिष्ठाको लागि नेपाल सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ। योगमाया आयुर्वेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्या स्थलमा खोल्न पर्ने आवाज पनि अहिले यस क्षेत्रका बासिन्दाहरू उठाइरहेका छन्।

वास्तवमा भन्ने हो भने योगमाया आर्युवेद विश्वविद्यालय सही ठाउँमा सही समयमा खोल्न आवश्यक रहेको छ। त्यस्तो सही क्षेत्र भनेको भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाको संगमस्थल त्रिवेणीघाट आसपास वा गौडेनी र मझुवावेसी देखी बुङ्लिङसम्मको समथर भूभाग तथा जंगलको क्षेत्रलाई समेटेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नु उपयुक्त देखिन्छ।

योगमाया आयुर्वेदिक विश्वविद्यालय र यसै ठाउँमा रहेको योगमाया स्मृति प्रतिष्ठानलाई समेत सँगसँगै जोडेर अगाडि बढाउन सकिएको खण्डमा झन् उचित हुने देखिन्छ। यसरी हामीले योगमाया आयुर्वेद विश्व विद्यालयलाई सही तरिकाले अगाडि बढाउन सकिएको खण्डमा हामीले आर्थिक तथा सामाजिक विकास गर्न सक्छौँ।

श्रेष्ठ, योगमाया स्मृति प्रतिष्ठानका कोषाध्यक्ष पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.