|

काठमाण्डौं : यो हप्ता लगातार चार दिन बढेको शेयर बजारमा बिहीबार १६ अंकले गिरावट आएको छ।

नेप्से परिसूचक १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ। आज दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन्।

आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६५ करोड ३० लाखभन्दा धेरैको शेयर किनबेच भएको छ।

बिहीबार माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको ५६ अङ्कले घटेको छ।

आज विकास बैंक समूहको शेयर भने झन्डै एक सय ११ अङ्कले बढेको छ। आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.