|

काठमाडाैं : सत्तारुढ नेकपा माओवादी केन्द्रको कार्यालय (हेडक्वार्टर) बैठक दिउसो बस्दैछ। बिहीबार दिउसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा हेडक्वार्टर बैठक बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सहभागिता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने प्रवक्ता भुसालले बताइन्। स्थानीय चुनावको लागि पार्टीको आन्तरिक तयारी र प्रधानमन्त्रीको चीन भ्रमणको पनि बैठकमा समीक्षा हुने उनले बताइन्।

मंगलबार पश्चिम क्षेत्रका उच्च तहका नेताहरु वर्षमान पुन अनन्त, शक्ति बहादुर बस्नेत लगायतसँग छलफल गरेका अध्यक्ष प्रचण्डले पार्टीलाई चुनावमा पहिलो बनाउने गरी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए। 

स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार हेडक्वार्टरले तोक्ने र बाँकी तहमा जिल्ला, नगर र गाउँपालिकाले टुङ्गो लगाउने विषय माओवादी केन्द्रले यस अघि नै आफ्नो निर्वाचन कार्यविधि र मापदण्डमा उल्लेख गरेको छ। बैठकले महानगरका उम्मेदवारको टुंगो लगाउने सम्भावना छ।

निर्वाचन आयोगको पछिल्लो सूचनाको आधारमा स्थानीय तहमा उठ्ने उम्मेदवारलाई पार्टीको तर्फबाट प्रमाणित गर्ने प्रतिनिधिको पनि आजै टुंगो लगाइने एक नेताले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.