|

काठमाडौं : एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको नयाँ बानेश्वरमा शाखा स्थापना गरेको छ।

कम्पनीको ४१ औं शाखाको सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष दिपक श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले उद्घाटन गरे।

अध्यक्ष श्रेष्ठले निकट भविश्यमै उपत्यकालगायत बिभिन्न स्थानमा थप शाखा खोल्ने कम्पनीको तयारी रहेको बताए। उद्घाटन कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, बागमती प्रदेश प्रमुख तथा कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीलगायतको उपस्थिति रहेको शाखा जगतबहादुर विकले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.