|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार १.५४ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३१०९.६६ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.०५ अंकले घटेर ७७५.९५ को विन्दुमा झरेको छ। सोमबार कारोबार रकम सवा १४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज जलविद्युत र वित्त समूह दुवै सर्वाधिक ३.३५ प्रतिशतले उकालो लागेका छन्।

जीवन बीमा र निर्जीवन बीमा दुवै २७ प्रतिशतले बढेको आज अन्य समूहमा ०.४ प्रतिशतले बढेको छ। व्यापार समूह सर्वाधिक १.०७ प्रतिशतले ओरालो लागेको आज विकास बैंक समूह १.०४ प्रतिशतले घटेको छ।

बैंकिङ समूहमा ०.५७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र लगानी समूहमा ०.५६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये दुई सय २४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँमा किनबेच भएको छ।

आज अपी पावरको सर्वाधिक ७६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको ५८ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिजर्नी पावरको ५० करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४१ करोड ८७ लाख रुपैयाँकाे काराेबार भएकाे छ।

यस्तै ईसीएफसी फाइनान्सको ३२ करोड २७ लाख रुपैयाँ, अरुण काबेली पावरको ३१ करोड ६१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २९ करोड ९४ लाख रुपैयाँ र बुटवल पावरको २९ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आठ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। युनाइटेड हाइड्रोपावर, नेसनल हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावर, युनियन लाइफ इन्स्योरेन्स र हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ। आज मिर्मिरे लघुवित्त, सारथी नेपाल लघुवित्त, नेपाल फाइनान्स, सूर्योदय लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए।

यी सबै कम्पनीका सेयरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ। कोभिडका कारण अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा सेयर बजारमै लगानी बढ्ने सम्भावना देखिको बजारका जानकारकाहरु बताउछन्। लाभांशको समय पनि भएकोले बजार सकारात्मक नै रहने उनीहरुको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.