|
फोटो : कार्कीको फेसबुकवालबाट

काठमाडौं : कलाकार सुमन कार्की हास्य व्यङ्‌ग्यको क्षेत्रबाट उदाएका कलाकार हुन्‌। ‘कमेडी च्याम्पियन शो’ मार्फत सुमनले धेरै दर्शकहरूको मन जिते। उनको हास्य व्यङ्‌ग्य चेतले चौतर्फी चर्चा पायो। उनी आफ्नो व्यंग्यमा राजनीतिक-सामाजिक सबै विषयलाई फरक तरिकाले प्रस्तुत गर्छन्। उनी जति राम्रो व्यंग्य गर्छन्-त्यस्ते खुबी क्यारिकेचरमा पनि राख्छन्‌। पछिल्लो समय उनले गरेका क्यारिकेचर सामाजिक सञ्‍जालमा चर्चित छन्। दर्शकले उनलाई ‘भर्सटायल कमेडियन‘ को उपमा दिएका छन्।

मोरङको रेडियो सुनाखरीबाट हास्य व्यङ्‌ग्यको दुनियाँमा प्रवेश गरेका कार्कीसँग थाहाखबरकर्मी राजु पौडेलले कुराकानी गरेका छन्।

हास्य व्यङ्‌ग्यमार्फत्‌ छोटो समयमा नै दर्शकको मन जित्नुभएको छ। आफ्नै परिवारलाई हास्य व्यङ्‌ग्य गर्छु भनेर कन्भिन्स गराउन कति समय लाग्यो?

स्वभावैले पनि अझै मेरो परिवारमा यसलाई पेसाको रूपमा हेरिएको छैन। मेरो घरको एकमात्र कुरा सरकारी जागिर थियो। यो नै अन्तिम मान्यता हो। परिवारमा हजुरबुबादेखि दाइभाउजुसम्म सरकारी जागिरे भएकोले यसतर्फ लाग्नुपर्छ भन्ने थियो।

मलाई टेलिभिजन र सिनेमाप्रति मोह थियो। जीवनमा एउटा समय यस्तो आइदिन्छ कि जहाँ तपाईंको लागि त्यो विशेष दिन बनिदिन्छ। जुन दिन तपाईंले एउटा बाटो समात्नुपर्छ।

तर, सबै सन्तानले बुबा आमाकै सपना पूरा गर्छन् भन्ने हुँदैन। कतिले आफ्नै कुरा सुन्छन्। मलाई ह्युमरतिर आकर्षण थियो। घरमा केटाको हास्य व्यङ्‌ग्य जाति नै छ। तर, सरकारी जागिर खाँदै गर्दा पनि हुन्छ भन्ने थियो। जागिर रहर थिएन। तर, बुबाआमा चाहिँ जागिर चुट्किकै भरमा खाइहालिन्छ, हास्य व्यङ्‌ग्यमार्फत पनि खतरा नै हुन्छ भनिरहन्थे। हास्य व्यङ्‌ग्यबाट ख्याति कमाएका अग्रजको उदाहरण दिने गर्थेँ।

रेडियो सुनाखरीमा रेडियो जक्की भएर काम गर्न थालेँ। जसले मलाई आर्थिक रूपमा पनि सबल बनाउन मद्दत गर्‍यो। यत्ति गर्ने केटाले केही गर्छ कि भन्ने बुबाआमालाई पर्‍यो। तर, अहिले पनि कहिलेकाहीँ बुबाआमाको मुखमा ‘सरकारी जागिर’ शब्द आउँछ। सकेसम्म ती स्वर आउनुअघि म कुनै बहानामा फुत्किहाल्छु। बुबाआमा मेरो कलाकारिता यात्राबारे ढुक्क चाहिँ हुनुहुन्न, आशावादी चाहिँ हुनुहुन्छ। 

जीवनमा कुनै त्यस्तो व्यक्ति थियो? जसलाई नभेटेको भए यो क्षेत्रमा आउन सम्भव थिएन।

कुनै एक व्यक्तिले मात्र आकर्षण गरेर म यो क्षेत्रमा आएको होइन।

तर, हास्य व्यङ्‌ग्य क्षेत्रका अग्रजहरूको प्रभाव मेरो जिन्दगीमा छ। मैले हास्य व्यङ्‌ग्य भन्ने कुरा धेरै पछि थाहा पाएको हो। मलाई टेलिभिजन र सिनेमाप्रति मोह थियो। जीवनमा एउटा समय यस्तो आइदिन्छ कि जहाँ तपाईंको लागि त्यो विशेष दिन बनिदिन्छ। जुन दिन तपाईंले एउटा बाटो समात्नुपर्छ।

त्यो मेरो कलेजको समय थियो। महेन्द्र माविमा प्लस टु पढ्दै थिएँ। त्यही बेला कलेजमा नाटक गर्नुपर्ने भयो। यद्यपि; नाटक के हो थाहा थिएन। सुरुवाती चरणमा जड्याहाको रोल गरियो। साथीहरूले पत्याए। सरहरूले पत्याउनुभयो। मनमनै ‘म पनि केही हुँ कि क्या हो’ भन्ने लाग्यो।

हरेक व्यक्तिको सपनाको साक्षी उनीहरूका साथी हुन्। जसले सुरूमा सपना सुनाउँदा बिल्ला हान्छन्, उडाउँछन्। यद्यपी कहीँ न कहीँ साथ पनि दिइरहेका हुन्छन्। ती साथी को थिए? जो तपाईंको 'ब्याकफोर्स' बनेर उभिए।

मेरा कयौं साथीहरू थिए, जो मेरो सपना सुन्दा बिल्ला हान्थे, उडाउँथे। तर, ब्याकफोर्स बनिरहे। 

जुन जुन साथीहरूलाई मैले कमेडियन बन्छु भन्थेँ। उनीहरू पत्याउने भन्दा पनि उडाए। तर, मजाकभित्र पनि उनीहरूको साथ र सहयोग भने सदैव रह्यो। ती यारहरू मेरो सफलताका हकदार हुन्।

ती प्रिय नाममध्ये अनुज निरौला एक हो। उसलाई कलाकारितामा मोह थियो। उसले मलाई ‘तिमी काठमाडौं जानुपर्छ’ भन्थ्यो। स्नातक पढ्दाका धेरै साथीहरू थिए, उनीहरू गाउँमा ‘पुराण वा देउसी नै किन नहोस्! तैले तेरो क्षमता देखाउनुपर्छ’ भनेर बोलाउँथे। देउसीमा बोलाउने साथी थियो खगोल न्यौपाने। स्टेजमा सपोर्ट गर्ने सुजित जयसवाल थियो। यी बाहेक धेरै साथीहरू थिए, जो तत्कालीन समयमा आफ्नो क्षमता र पहुँचका आधारमा कार्यक्रममा बोलाउँथे।​

पहिलोपटक काठमाडौंको आउने बेला सपना नै कमेडियन बन्ने थियो कि समयले बनाएको हो?

त्यो नाइट बस। त्यो उत्साह। त्यो डर अनि नयाँ शहरमा अभ्यस्त र घुलमिल हुनुपर्ने चुनौती। यी सबैको मिश्रण फेरि मैले आज सम्झिएँ। अहिले सम्झँदा केही भावुक जस्तो फिल पनि भयो। मलाई के लाग्थ्यो भने काठमाडौंका चोकचोकमा कलाकारहरू भेटिन्छन्। उनीहरूलाई भेटेर आफ्नो क्षमता देखाए कलाकार बनिहालिन्छ।

मैले कमेडी बाहेक अर्को अप्सन नै देखिनँ। आफैँलाई कन्भिन्स गर्न पनि मैले कमेडी बाहेक अरूमा समस्या नै समस्या देखिरहेँ। किनभने मलाई अरू पेसामा हात हाल्नु नै थिएन।

​मैले रेडियोमा ४ वर्ष काम गरिसकेको थिएँ। एउटै काम। उही श्रोतामाझ म खुशी थिएँ। स्नातक सकियो। मास्टर्स पढ्नुपर्ने थियो। तर, फरक भूगोलमा मेरो क्षमता पनि देखाउनु थियो। काठमाडौं वृहत् क्षेत्र हो र मैले त्यहाँ प्रतिष्पर्धा र अवसरको खोजी गर्नुपर्छ भन्ने पनि लागेको हो। यो ५ वर्ष अघिको कुरा हो। 

पहिलो कुरा यहाँ मलाई परीक्षण गर्नु थियो। मोरङमा हुँदा सप्तकोशी एफएममा काम गर्ने सन्जीव भट्ट दाइले हास्य कलाकारका लागि काठमाडौंमा रेडियो अडियो छ भन्नुभएको थियो। जहाँ हास्यकलाकारहरूको भिड हुन्छ।

उहाँको त्यो कुराले त्यहाँ छिटो अवसर पाउन सकिन्छ भन्ने लागेको थियो। यता आएपछि रेडियो अडियोका अध्यक्ष दीपेन्द्र खनियाँले बोलाउनुभयो। यहाँ हास्य व्यङ्‌ग्य कार्यक्रम चलाउने क्रममा कन्टेन्ट लेख्नेदेखि प्रसारणसम्म गरियो। स्थापित हास्यकलाकारसँग भेटघाट र उहाँहरूको सुझावले आफूलाई निखार्न मद्दत पुग्यो।

सबैले आफ्नो काममा पूर्ण रूपले सफलता पाउन सकेका छैनन्। दर्शकले जसरी तपाईंलाई माया गरिरहनु भएको छ, आफू सफल भएँ भन्ने लाग्छ कि अझै केही बाँकी छ?

म सफल भएको कहाँ छु र! बल्ल त माया मिल्ने माहोल बनेको हो। सफल हुनलाई मैले अझै केही वर्ष काम गर्नुपर्छ। 

सफलताको मापन चाहिँ के हो?

म के हुँ र म मेरो कामप्रति कति जिम्मेवार छु भन्ने मुख्य कुरा हो। आफ्नो जिम्मेवारी पूरा गर्न म कति सक्षम छु भन्ने पनि हो। भलै कहीँकतै चुकिन्छ। मैले देखेको सपनालाई वा एजेन्डालाई परिवर्तन गरिन र म कमेडीमा रहिरहे भने यही मेरो सफलता हुनेछ। 

एउटा युवाअघि धेरै विकल्प हुन्छन्‌, यो नै विकल्प रोज्‍नुको कारण?

म आफूलाई भाग्यमानी मान्छे मान्छु। मैले अवसर नै अवसर पाइरहेँ। हरिबहादुर पुस्तक यात्रामा हरिवंश आचार्यसँग देश दौडमा जाने अवसर पाए। महजोडीसँग काम गर्न पाएँ। गाईजात्रामा पनि समावेश भएँ। कमेडी च्याम्पियनमा पनि पुगेँ।

केही समय अघिसम्म कलाकारले मनोरञ्जन दिएपनि समाजले यसलाई पेसाको रूपमा गम्भीरताका साथ लिँदैनथियो। अहिले भने धेरै अग्रज कलाकारको पसिना र मिहिनेतका कारण हास्य व्यङ्‌ग्य एक पेसा हो भनेर स्वीकार्ने जमात ठूलो भइसकेको छ।

सुषुप्त मनभित्र केही न केहीले तानिरहेको हुने रहेछ। आफ्नो लगाव नै महत्वपूर्ण कुरा होला। मैले कमेडी बाहेक अर्को अप्सन नै देखिनँ। आफैँलाई कन्भिन्स गर्न पनि मैले कमेडी बाहेक अरूमा समस्या नै समस्या देखिरहेँ। किनभने मलाई अरू पेसामा हात हाल्नु नै थिएन। भलै व्यवहारमा मैले सोचेजस्तो नहोला कि!

तपाईंलाई कतिले आरजे भनेर चिन्छन्। टेलिभिजनमा पनि काम गरेपछि परिचयले व्यापकता पायो। कतिले भर्सटायल कमेडियन सम्बोधन गर्छन्। तपाईंले आफैँलाई परिचय गराउनुपर्‍यो भने के भन्नुहुन्छ?

रेडियोमा काम गर्दा पनि मेरो बेस नै कमेडी थियो। चाहे म समाचारवाचकको रूपमा काम गरेपनि वा प्रस्तोताको रूपमा काम गरेपनि मेरो बेस कमेडी हो। म कमेडियन नै हो।  

मुख बिगारेर हास्यव्यङ्ग्य हुन्छ भन्ने आमबुझाइलाई युवा कमेडियनहरूले परिवर्तन गरिदिएका हुन्?

हामी आफैँ पनि क्यारेक्टरमा मुख बिगारिरहेका हुनसक्छौँ। तर, कतिसम्म क्यारेक्टरले न्याय पाउने भन्ने हो। क्यारेक्टरको मागभन्दा बढी चाहिँ गर्नुहुँदैन।

क्यारेक्टरलाई अतिरञ्जित तरिकाले प्रस्तुत गर्नुहुँदैन। अहिलेको पुस्ता स्टाण्डअपमा नै गर्नुपर्छ भन्ने छ। मैले केही मात्रामा परिवर्तनको हिस्सा लिने हो। म त सानो अंश हुँ।

आफू हुर्किएको समाजले हास्यव्यङ्ग्यलाई कसरी लिन्छ?

मेरो र हाम्रो समाजबीच फरक छैन। तपाईंको समाज र मेरो समाजको चरित्र उस्तै हो। केही समय अघिसम्म कलाकारले मनोरञ्जन दिएपनि समाजले यसलाई पेसाको रूपमा गम्भीरताका साथ लिँदैनथियो। अहिले भने धेरै अग्रज कलाकारको पसिना र मिहिनेतका कारण हास्य व्यङ्‌ग्य एक पेसा हो भनेर स्वीकार्ने जमात ठूलो भइसकेको छ।

अहिले माहोल बनिरहेको छ। महजोडी, मनोज गजुरेल लगायतले विषय प्रधान हास्य व्यङ्‌ग्यमा काम गरिरहनुभयो। देशको राजनीतिक परिवर्तनमा उहाँहरूले भूमिका खेलिरहनुभयो। केही बाहेक सबैलाई समाजले सम्मानका साथ हेरिरहेको छ। यो पुस्ताले पनि विषय प्रधान प्रस्तुती दिइरहेकोले समाजको आँखा पनि परिवर्तन हुँदैछ, भइरहेको छ।  

रेडियोमा काम गरेर छुट्टै पहिचान बनाएको व्यक्ति कमेडी च्याम्पियनमा प्रतिस्पर्धी हुन पुग्यो, यो संयोग हो कि स्टेजको खोजी?

यो स्टेजको खोजी पनि हो संयोग पनि हो। त्यस अघि पनि स्टेज कार्यक्रम गरिरहेको नै हो। च्याम्पियन आउनुअघि प्रदेश प्रदेश गाईजात्रा भनेर विभिन्न जिल्लामा पुगेको थिएँ।

महजोडी, मनोज गजुरेल लगायतले विषय प्रधान हास्य व्यङ्‌ग्यमा काम गरिरहनुभयो। देशको राजनीतिक परिवर्तनमा उहाँहरूले भूमिका खेलिरहनुभयो। केही बाहेक सबैलाई समाजले सम्मानका साथ हेरिरहेको छ।

त्यसै क्रममा च्याम्पियनका निर्देशक विशाल भण्डारी दाइसँग पनि परिचय भयो। नेपालभित्र अन्य विधामा रियालिटी शो आइसकेका थिए। सिक्ने प्लेटफर्म भइरहेका छन्। तर, हास्य व्यङ्‌ग्यका लागि कुनै ठाउँ छैन। रियालिटी शो पनि पहिलोचोटी आउँदैथियो। यो आफूलाई निखार्ने माध्यम र स्टेजमा गरिरहेको काम कतिको सही लयमा रहेछ भन्ने सोचेर पनि प्रतिष्पर्धामा लागेको हो। 

देश दौडाहा र अग्रजहरूसँग हिमचिम बढेपछि आफूले आफूलाई ठूलो मान्छे हुँ भन्ने भ्रममा रमाउने नेपालीको बानी छ। अग्रजहरूको संगत गरिरहेको व्यक्ति प्रतिष्पर्धामा उत्रँदा जोखिम किन लिएको भन्नेको कमी त पक्कै थिएन होला।

कतिपयले मलाई जोखिम किन उठाएको? आफैँ लगभग स्थापित भएको मान्छे किन प्रतिष्पर्धा गरेको भन्ने पनि गर्थे।

तर, फर्स्ट सिजनमा प्रतिष्पर्धीहरू अन्य प्लाटफर्ममा काम गरिरहेका थिए। साजन श्रेष्ठ, आदर्श मिश्र, हिमेश पन्त र सुमन कोइराला लगायत कुनै न कुनै हिसाबले आफ्नो काममा सफल थिए। उनीहरूसँग काम गर्नु सिकाइ पनि हो भन्ने मलाई लाग्यो। 

कुनैबेला अन्तरवार्ता लिनुहुन्थ्यो, अचेल ठीक विपरीत छ। पक्कै रमाइलो नै लाग्दो हो है?

हेहे! मलाई अन्तरवार्ता लिने कसरी हो थाहा थिएन। मनमा जिज्ञासा जे आउँथ्यो-त्यही सोध्ने गर्थेँ।

अहिले भने अन्तरवार्ता लिने तरिका पनि फरक हुँदै गयो। दुवै काम एकदम कठिन हो। अन्तरवार्ता लिँदा दिनेबाट के निकाल्ने र दिनेले लिनेलाई कसरी दिने भन्ने बडो गज्जबको मिलन हो। यो रमाइलो कुरा पनि हो। लिने र दिने सिकाइ हो। 

कमेडियन पूर्णरूपले पर्फमर र क्रियटर दुवै हो। तपाईं अचेल व्यस्त कलाकारमध्ये एक, विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ?

म हरेक साँझ केही न केही विषयमा लेखिरहेको हुन्छु। केही लेख्न नसके आफ्नै नाम भनेपनि लेखिरहन्छु। प्रेसरमा लेख्न सकिने रहेछ। जस्तै-यो अन्तरवार्ता लिइरहँदा पत्रकार र कलाकारका बीचमा कसरी हास्य व्यङ्‌ग्य प्रस्तुत गर्न सकिएला भन्ने सोचिरहेको छु।

म आफैँ बिरामी भएर अस्पताल पुगेको हुन्छु। त्यहाँ भेटिने मान्छेले त्यहाँ पनि कमेडीकै अपेक्षा गरिदिनुहुन्छ। मलामी जाँदा पनि कमेडी कै अपेक्षा गरिरहेको पाउँछु। यो एक पेसा हो भन्ने बुझिदिए हामीलाई पनि सहज हुन्छ।

विषय छनोट र पर्फम गर्ने भएकाले जुन जतिबेला पनि आफूलाई गतिशील बनाइरहनुपर्छ। 

कहिलेकाहीँ आफ्नै कामले पनि व्यक्तिगत जीवनमा समस्या परिरहेको छ

कतिपयले हामीलाई २४ घण्टा नै रमाइलो गरिरहने प्राणी हो भन्ने बुझिदिनुहुन्छ।

म आफैँ बिरामी भएर अस्पताल पुगेको हुन्छु। त्यहाँ भेटिने मान्छेले त्यहाँ पनि कमेडीकै अपेक्षा गरिदिनुहुन्छ। मलामी जाँदा पनि कमेडी कै अपेक्षा गरिरहेको पाउँछु। यो एक पेसा हो भन्ने बुझिदिए हामीलाई पनि सहज हुन्छ।

जीवनमा धेरै व्यक्तिको क्यारिकेचर गर्नुभएको छ। दर्शकले मन पराइरहनु भएको छ। आफैलाई मन परेको क्यारिकेचर चाहिँ कुन हो?

समाजका विभिन्न पदमा बसिरहेका व्यक्तिको मैले क्यारिकेचर गरेँ। यी मैले सक्छु भनेर नै गरेको हुँ। आफ्नै क्यारिकेचरको हकमा भन्ने हो भने ऋषि धमलाको क्यारिकेचर मैले ज्यादै सुन्दर तरिकाले गरेँ भन्ने लाग्छ। 

यसपाली गाईजात्रामा तपाईंको प्रस्तुती कस्तो हुँदैछ?

दीपक मनाङेको क्यारिकेचर गर्दैछु।

तस्वीर : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.