|

काठमाडौं :  नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो।

बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ।

बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथाकारलाई कथा लेख्ने उत्साह र प्रेरणा दिने उद्देश्यसाथ कथा प्रतियोगिता आयोजना गरिएको बताए।

उनले उत्कृष्ट कथाहरुलाई पुरस्कृत गर्नुका अलावा कथाहरु समेटेर किताब निकाल्ने पनि बताए। कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते विशेष कार्यक्रम बीच सार्वजनिक गरिने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ  र तेस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार राशि घोषणा गरिएको छ। उत्कृष्ट तीनसहित अन्य उत्कृष्ट २५ जनाभित्र पर्ने अन्य २२ जना कथाकारलाई पनि जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने बाह्रखरी मिडियाका कार्यकारी सम्पादक अधिकारीले बताए।

कथा कम्तीमा १५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने जनाइएको छ। कथा [email protected] र [email protected]  पठाउन बाह्रखरी बुक्सले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.