|

मैले कहाँ सोचेंथें म यहाँ पुग्नेछु भनेर
अनि कहाँ कल्पना गरेंथें सम्झौता गर्नेछु भनेर

म त सपनाको आकाशमा उडथें, कल्पनाको पखेटा लगाएर
तर विश्राम लिएँ नि यथार्थको धर्तीमा अवतरण गरेर
 
सबैको आफ्ना आफ्ना अतीत हुन्छन्, कथा हुन्छन्
कथा राम्रा नराम्रा सुखी दु:खी आफ्नै व्‍थथा हुन्छन्
बितेका तीता पललाई बिर्साइदिने मिठो आज हुन्छन्
सुन्दर रमाइला विगत झस्काइ दिने कटु वर्तमान पनि हुन्छन्

म बिर्सदिने गर्छु हरेक पललाई त स्वर्णिम अनि अफ्ठेरा क्षणहरू
जो जतिे बस जतिे न मेरा न तिम्रा बसमा नै थिए ती समयहरू
जो आउनेछन् र लगातार चलिरहेछन, मेरा उसका तिम्रा दिनहरू
न तिमी सक्छौ न म सक्छु बदल्न समयलाई र त तीता मिठा यादहरू

तिमी हिजोको पछ्यौरा ओढेर नै हिँडिरहन्छौ नबुझे जस्तै गरी
म  आजको बर्दी लगाएर अघि बढी रहन्छु, नथाके जस्तै गरी
फरक त तिम्रो मेरो सोचाइमा पो छ न परिस्थिति जस्तो हुँदा पनि
उस्तै त देखिनु नै पर्छ सन्तुष्ट रहनु र मौन रहनुमा फरक भए पनि       

निर्मला आचार्य                                                                            

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.