सल्यान : दिवंगत आफन्तको सम्झना गर्दै सल्यानका नेवार समुदायले गाईजात्रा मनाएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउनुका साथै अन्न तथा द्रव्य दान गरिन्छ।
गत वर्ष कोरोना महामारीका कारण जात्रा निकाल्न नपाइए पनि यो वर्ष सामूहिक रुपमा जात्रा निकालिएको स्थानीय मौसमदास श्रेष्ठले बताए। यद्यपि‚ विगतका वर्षहरुभन्दा यो वर्ष निकै कम मात्र सहभागी भएका थिए।
राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको मानिन्छ। राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु हुन्छ भन्न देखाउन गाई जात्रा निकाल्ने प्रचलन सुरु भएको मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।