|

काठमाडाैं : साताको पहिलो दिन सेयर बजार राताम्मे भएको छ। नेप्से परिसूचक आज ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ।

फाइनान्सबाहेक अरू सबै समूहको सेयर आइतबार घटेको छ। बैंकिङ समूहको सेयर ३० अङ्कले घटेको छ। यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको सेयर एक सय १५ अङ्कले घटेको छ।

यस्तै जलविद्युत् समूहको सेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको सेयर दुई अङ्कले घटेको छ। आज रुरु जलविद्युत् कम्पनीको सेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ।

समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ। आज दुई सय २७ कम्पनीका दुई करोड ४८ लाख कित्ता सेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको धितोपत्र बोर्डले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.