|

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिएको छ। आइतबार करिब साढे चार बजे पहिरो खसेको हो।

उक्त घरमा होटल संचालन हुँदै आएको थियो। पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो। सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन्। पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले बताए। उद्धार गरिएका मध्य एक जनाको मृत्यु भएको छ। 

यात्राका क्रममा होटलमा नास्ता खान बसेका उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। मृतकको पहिचान हुन सकेको छैन। अझै केही मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ। पहिरोले ३ वटा घर पुरेको छ। माथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेर घर पुरिएको हो।

उद्धार गर्नसमेत कठिन भइरहेको प्रहरीले जनाएको छ। डोजरको सहायताले उद्धारको काम भइरहेको छ। सुरक्षाकर्मी र स्थानीय उद्धारमा जुटिरहेका उनले बताए। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.