|

चितवन : भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले छापा मारेकाे छ। अख्तियार हेटौंडाकाे टाेलीले छापा मारेको हाे।

बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा छापा मारेको अख्तियार हेटौंडाका सूचना अधिकारी विश्णु सापकोटाले जानकारी दिए। सापकाेटाकाे नेतृत्वमा रहेकाे ५ जनाको टोलीले छापा मारेको हो छ।

औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोसँगबाट औषधि किनेको भन्ने उजुरीका आधारमा छापा मारेकाे बताइएकाे छ।अख्तियारले लेखा शाखामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएकाे छ भने स्टोरमा औषधिको स्टक र बिक्रीको विवरण ​हेरिरहेकाे छ।

बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिए पनि बीमाबाट जम्मा १ वटामात्र औषधि निशुल्क पाउने र अरू बाहिरबाट किन्नुपर्ने समस्या छ।

अस्पतालमा आर्थिक वर्ष ०७३/७४ देखि अनियमितता हुने गरेको अख्तियारमा उजुरी परेकाे बताइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.