|

काठमाडौं : संघीय संसद्का दुवै अधिवेशन भदाै २३ गते बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। 

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे बैठक बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए। सरकारले संघीय संसदको अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य नेताहरू पनि सहभागी थिए।

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्। निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि २२ भदौ  सम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.