‘पछिल्लो गतिविधिले कांग्रेसले धेरै ठाउँमा चुनाव हार्छ’

|

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टी एकतामार्फत नेता बनाउन खोजे पनि नपचेको प्रतिक्रिया दिएका छन्।

युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले पार्टी एकता गरेर प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट पार्टीको नेता बनाउन चाहनुभयो। तर, कुकुरलाई घ्यु पचेन भन्ने उखानलाई चरितार्थ गर्दै ओलीलाई पार्टीबाट हटाउने काममा लागे।’ 

पार्टी विभाजन गरेर जाने प्रचण्ड र माधव नेपालको पार्टी चुनावपछि क्षमता थाहा हुने बस्नेतले बताए। एमालेलाई माधव नेपालले प्रचण्डको पाउमा बुझाउन खोजेको आरोप उनले लगाए। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले सरकारले कुनै पनि काम गर्न नसक्ने दाबी बस्नेतले गरे। 

नेता बस्नेतले भने, ‘पछिल्लो गतिविधिले कांग्रेसले धेरै ठाउँमा हार्छ। प्रधानमन्त्रीको टाउको दुखाई महेश बस्नेत रहेछ। उहाँले मेरो निर्वाचन क्षेत्रमा पुगेर हराउँछु भन्नुभएछ।’ 

ओली नेतृत्वको सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई सन्तुलनमा राखेको समेत उनले बताए। उनले फेरि ओली नेतृत्वको सरकार बन्ने बताउँदै भ्रष्टाचारलाई कुनै हातमा नछाड्ने दाबी गरे।

देउवा नेतृत्वको सरकार आएपछि भ्रष्टाचारको मुद्दा लागेका कांग्रेस विजयकुमार गच्छदार छुटाइएको उनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.