|

पाल्पा : पाल्पामा एक जनाबाहेक सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन्। रम्भा गाउँपालिका–५ ताहुँका वडा सदस्य ईश्वरीप्रसाद श्रेष्ठले नेकपा एमाले छाडेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पाल्पामा पुगेर मंगलबार नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेका हुन्। स्थानीय तहबाट एमाले परित्याग गर्नेमा जिल्लाभर उनी मात्र रहेका छन्।

श्रेष्ठको राजनीति नेकपा एमालेबाट सुरु भएको हो। त्यसपछि राप्रपाको कार्यकर्ता भएर काम गरे। २०५४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। अहिले समाजवादी रोजेका हुन्।

गाउँपालिका संसदीय दलको बैठकमा भने एमालेमै रहने भनी श्रेष्ठले निर्णयमा हस्ताक्षर गरेका रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए।

यता, एमाले पाल्पाबाट प्रदेश सांसद रमा घर्तीमगरले नेकपा एकिकृत (समाजवादी) पार्टीमा सनाखत गरेकी छन्।

पाल्पामा दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह छन्। जसमध्य तानसेन नगरपालिका र ५ गाउँपालिकामा नेकपा एमालेले प्रमुख तथा अध्यक्ष जितेको छ। ७ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन्। ८१ वडामध्य ४१ वडामा एमालेतर्फका वडाध्यक्ष छन्।

दुई निर्वाचनमा क्षेत्रमा समेत नेकपा एमालेले जितेको थियो। क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डे भने नेकपा एकीकृत (समाजवादी) पार्टीमा आवद्ध भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.