|

झापा : इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोना संक्रमणबाट निधन भएको छ। झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचाररत मगरको शनिबार बिहान साढे ४ बजे निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो। सुरुमा एन्टिजेन परीक्षण गर्दा मगरमा कोभिडको संक्रमण देखिएको थिएन। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो। बिएन्डसीमा भर्ना गरिएपछि पिसिआर परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ का मगर नेकपा (एमाले) इलामको सचिवालय सदस्य हुन्। उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.