|

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ।

केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। हिजो बेलुकी युवा संघले गरेको प्रदर्शनका क्रममा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।  

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसिसी’लगायत नारा लगाएका थिए। माइतीघरबाट सुरु भएकाे प्रदर्शन नयाँ बानेश्वरमा पुगेर प्रहरीसँग झडप भएकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.