|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको छ।

मन्त्रालयले आन्दोलनरत पक्षका केही माग पूरा भएको र केही पूरा हुने क्रममा रहेको भन्दै प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा बुँदागत रूपमा आन्दोलनकारीका माग र तिनको अवस्थाबारे उल्लेख छ।

‘पदाधिकारी कारबाही प्रक्रिया अघि बढेको छ, पदाधिकारी नियुक्तिको मापदण्ड तयार हुने क्रममा छ। भ्रष्टाचारको विषय अख्तियारको छानविनको क्रममा छ । रजिष्टारको राजिनामा स्वीकृत भईसकेको छ, उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानुनअनुसार थप प्रक्रिया अघि बढाइसकेको छ,’ ‘कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै नियमित काममा फर्किनुहोला ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले पूर्व-सम्झौताअनुसार आफ्ना माग पूरा नभएको भन्दै गत २० भदौदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले इमरजेन्सी, कोभिड र पूर्व-निर्धारित परीक्षाबाहेक सबै सेवा अवरुद्ध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.