|

काठमाडौं : सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएपछि सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९ सय ४७ अंकमा पुगेको छ।

आइतबार सुरुवातबाटै उकालो लागेको बजारमा २ सय ३१ कम्पनीको सेयर ९ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ। बजार बृद्धिसँगै १० कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। १० कम्पनीमध्ये सात वटा जलविद्युत कम्पनी छन्। बाँकी तीनवटा सानिमा लाइफ, फर्स्ट माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन्।

आइतबार सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको सेयर मूल्य बढेको छ। निर्जीवन बीमा कम्पनी ४ सय २४ अंकले बढेको छ भने उत्पादनमूलकको करिव ३ सय अंकले बढेको छ। बाणिज्य बैंक समूह पनि २४ अंकले बढेको छ। जलविद्युत समूह २ सय १३ अंकले बढेको छ।

आज अरुण भ्यालीको सर्वाधिक ७३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि युनाइटेड मोदी हाइड्रोको ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.