|

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन (जनसभा) गरेको छ।

खुलामञ्चमा दिउँसो एमसिसीविरुद्ध जनसभा सुरु भइसकेको छ। सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनसहित जनसभा गरेको हो। जनसभा अघि राजधानीका विभिन्न स्थानहरूबाट र्‍याली तथा जुलुसहरू निकालिएका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.