|

सोलुखुम्बु : अत्याधिक रक्तश्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ।

ज्यान गुमाउनेमा वडा नम्बर २ लुक्लाकी २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु निकोलनिकी अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबार बिहान ३ बजे मृत्यु भएको हो।

साल अड्किएकाले अत्याधिक रक्तश्राव भएको मेडिकल अधिकृत केसीले बताए। तत्काल रगत आवश्यक परेको भएपनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान रन्दिप राईले बताए। बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.