|

काठमाडौं : नेपाली क्रिकेटमा अधिकांश समयमा जितपछि बलरको चर्चा र हारपछि ब्याट्सम्यानको आलोचना हुनु स्वभाविक जस्तै बन्थ्यो। हुन पनि अधिकांश खेलमा जितका नायक बलरहरुनै हुन्थे भने हारका खलनायकका रुपमा ब्याट्सम्यान।

तर‚ यी दुईबीच कहिले पनि सानदार समन्वय नहुँदा कुनै एकपक्ष जस लिने र अर्को पक्ष अपजसको भागी हुने परम्परा अब तोडिने विश्वास पलाएको छ। विशेष गरेर पछिल्लो समय युवा ब्याट्सम्यानको प्रदर्शनले नेपाली क्रिकेट फेरि एकपटक उच्च लयमा फर्केने आँकलन खेलकुदका जानकारहरुले गरेका छन्।

अझ मध्यक्रम सम्हाल्ने ब्याट्सम्यान बनेका रोहितकुमार पौडेलको चर्चा स्वभाविकनै भएको छ। उनले सोमबार मात्र नेपालबाट ओडिआई क्रिकेटमा दुई नयाँ कीर्तिमान बनाउँदै आफ्नो कद थप उँचो बनाएका छन्।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग खेलमा अर्धशतक प्रहार गर्दै रोहितले लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा उनी नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो अर्धशतक प्रहार गर्नै पहिलो खेलाडी समेत बने। अहिलेसम्म ओडिआईमा नेपालबाट कुल नौ खेलाडीले अर्धशतक प्रहार गरेका छन्।

सोमबार अमेरिकालाई पाँच विकेटले हराउँदा चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहितले साँच्चिकै सुझबुझपूर्ण इनिङ खेले। उनले ८७ बलमा दुई चौका र तीन छक्कासहित ६२ रनको नटआउट इनिङ खेले। रोहितले केही दिनअघि पपुवा न्युगिनीविरुद्धको दोस्रो अभ्यास खेलमा ८६ रनको उत्कृष्ट इनिङ खेल्दै ओमान यात्राको पहिलो अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि उनले २०१९ मा युएईसँग दोस्रो ओडिआई खेलमा ५५ रन बनाउँदै एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाउने कम उमेरको खेलाडीको कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान गत वर्ष कुशल मल्लले तोडे। तर‚ रोहितको उच्च फर्म भने जारी छ।

रोहितले १९ महिनापछि टोलीमा सानदार प्रदर्शनका साथ पुनरागमन गरेका छन्। पछिल्लो पटक रोहितले २०२० को फेब्रुवरीमा ओमानविरुद्ध खेलेका थिए। कीर्तिपुरस्थित टियु मैदानमा ओमानविरुद्ध पहिलो खेलमा शून्य रनमा आउट भएपछि उनी टिमबाहिर रहेका थिए। उनको स्थानमा कुशल मल्लले मौका पाएका थिए। कुशलले डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गरेपछि बाँकी खेलमा रोहित टिममा अटेनन्।

एसिसी इस्टर्न रिजन टी-२० एसिया छनोट र गत वैशाखमा टियु मैदानमा भएको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रियमा पनि रोहित टिममा रहेनन्। अहिले उनी ठूला सटभन्दा ‘बल जज’ महत्वपूर्ण हुने निष्कर्शमा छन्। त्यही भएर उनी अनुभवी सटहरु खेल्नका लागि तल्लिन छन्। जसले उनलाई एकपछि अर्को खेलमा सफलता दिलाइरहेको छ। त्यसोत रोहित समग्र टिमले गरेको मिहेनत महत्त्पूर्ण हुने मान्छन्। यद्यपि‚ रोहितको इफोर्ट लोभलाग्दो छ। उनीसँगै कुशल मल्लको उदयले नेपाली युवा क्रिकेटरप्रति विश्वास थप मजबुत बनेको छ।

मुख्य रुपमा अनुभवी ब्याट्सम्यान पारस खड्काको सन्न्यासपछि मिडल अडर धान्ने खेलाडीको खोजी थियो। जसमा पौडेल फिट भएका छन्। त्यसोत उनलाई अलिकति भाग्यले साथ पनि दियो। पारसको राजीनामा र कोरोना महामारीले गर्दा १७ खेलाडी ओमान भ्रमण गर्ने भएपछि उनी अन्तिम टोलीमा स्थान बनाउन उनी सफल भएका थिए। उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइते हुँदा उनले प्लेइङ ११ मा आफूलाई प्रमाणित गर्नै अवसर पाए। जसमा रोहित चुकेनन्।

त्यसोत रोहित नेपाली संकटमोचक बनेको यो पहिलो पटक होइन। यसअघि ओडिआई मान्यता दिलाउन २०१८ मा डिभिजन-२ र विश्वकप छनोट प्रतियोगिता निर्णायक खेलमापनि उनको प्रदर्शन लोभलाग्दो रहेको थियो।

रोहितको सर्वाधिक बलियो पक्ष भनेको एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि एक छेउबाट इनिङ थामिरहनु र धैर्यवान ब्याटिङ गर्नु सुन्दर पक्ष हो। जसमा रोहित खरो उत्रिएका छन्। कलिलो उमेरमै नेपाली टिमको महत्त्वपूण सदस्य रहेका रोहितले २०१९ मा युएईसँग तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा डेब्यु गरेका थिए।

पहिलो खेलमानै उनले ५८ बलमा ७ चौकासहित ५५ रन बनाएर डेब्यु खेलमानै अर्धशतक प्रहार गर्नै विश्वको कान्छो खेलाडीको कीर्तिमान बनाउँदै सनसनी मच्चाएका थिए। उनले १६ वर्ष १४६ दिनमा एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको विश्व रेकड बनाएका थिए। रोहितले साहिद अफ्रिदी र सचिन तेन्दुलरको रेकर्ड तोड्दा गत वर्ष कुशल मल्लले रोहितको कीर्तिमान तोडे। मल्लले १५ वर्ष ३४० दिनमा अर्धशतक बनाउन सफल भए।

त्यसैले रोहितको यो संयमित इनिङ जति लामो रहन्छ। नेपाली क्रिकेटको प्रगति त्यतिनै रफ्तारमा अघि बढ्ने निश्चित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.