|

काठमाडौं :  कोरोना भाइरसको जस्तै लक्षण भएर परीक्षणका लागि अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस संक्रमण देखिएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार गत आइतबार कोरोनाको जस्तै ज्वरो आउने, घाँटी दुख्ने लक्षण लिएर अस्पताल आएका ६ जना बिरामीलाई स्क्रब टाइफस पुष्टी भएको बताए।

‘ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण लिएर आउनुभएकाको परीक्षण गर्दा एकै दिन ६ जनामा स्क्रब टाइफस पुष्टी भएको छ,’ उनले भने। काठमाडौंसहित वरिपरिका जिल्लाबाट आउने बिरामीमा स्क्रब टाइफस देखिएको उनले बताए।

हाल टेकु अस्पताल कोभिड अस्पताल भएका कारण पनि कोरोना संक्रमणको शंका लागेका मात्र उपचारमा आउने र परीक्षणबाट मात्र स्क्रब टाइफस पुष्टी भएको र अन्य अस्पतालमा पनि यस्ता बिरामी गएको सक्ने भएकाले स्क्रब टाइफस फैलिएको हुन सक्ने अनुमान डा पुनले गरे।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले पनि यस वर्ष परीक्षणका क्रममा स्क्रब टाइफस पोजिटिभ देखिएका १६ बिरामीको मृत्यु भइसकेको बताएको छ।

महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर यस वर्ष परीक्षणमा स्क्रब टाइफस पुष्टि भएका १६ जनाको मृत्यु भएको बताए। ‘स्क्रब टाइफस संक्रमण देखिएको विवरण देशभरिबाटै आइरहेको छ तर यही समयमा परीक्षणका क्रममा स्क्रब टाइफस देखिए पनि अरु नै कारणले १६ जनाको मृत्यु भएको छ,’ उनले भने।

के हो स्क्रब टाइफस ?  कसरी सर्छ?

डा पुनका अनुसार यो एक प्रकारको रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ। तर, यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

घाँटी वरिपरिका ग्रन्थीहरू सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौं दिनदेखि सातौं दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिने गर्छ, जुन क्रमशः पेट, हात, खुट्टा तथा अनुहारमा फैलन्छ।

समयमा नै यसको पहिचान गरेर उपचार गरिएन भने शरीरका महत्वपूर्ण अगंमा असर गरेर मानिसको मृत्यु हुने गर्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ।

कसैमा माथिका लक्षण देखा परे तुरुन्तै उपचार गराइहाल्नु पर्छ। विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ।

यसको संक्रमण देखिए चिकित्सकको सल्लाहअनुसार पूरा मात्रा औषधिसेवन गरे निको हुन्छ। खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.