|

दाङ : दाङमा  मंगलबार दिउँसो हावाहुरीसहित परेको पानीले टमाटर खेतीमा क्षति भएको छ।

तुलसीपुर उपमहानगरपालिका–३ मा भट्टे कृषि सहकारी संस्थाको टमाटर खेती नष्ट भएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित सहकारीले गरेको टमाटर खेती हावाहुरीसहित परेको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए।

करिब डेढ बिगाहा जग्गामा लगाएको टमाटरमध्ये १ सय ४० वटा टनेलको टमाटर नष्ट भएको उनले बताए। उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत ५० लाख रूपैयाँको लागतमा टमाटर खेती गरिएको थियो। हावाहुरी सहितको पानीले पाक्न लागेको टमाटर नष्ट भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.